२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024


देशभर करको चर्को विरोध भइरहे पनि रुकुममा सकारात्मक


0
Shares

रुकुम । देशका अधिकांश स्थानीय तहले लगाएको करको चर्को विरोध भईरहँदा रुकुममा भने यसको सकारात्मक पक्ष देखिएको छ ।

रुकुमका नागरिकहरुले धमाधम कर बुझाउन थालेका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा नगरपालिकाले १ करोड ६ लाख राजस्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा १ करोड २ लाख ७० हजार राजस्व संकलन गर्ने आठविसकोट नगरपालिकाले लक्ष्य राखेको थियो ।

तर लक्ष्य भन्दा बढी अर्थात चार प्रतिशतले राजस्व संकलन गरिएको बताइएको छ ।

स्थानीय सरकार ऐन २०७४ मा स्थानीय सरकारले तोकेको विभिन्न शीर्षकमा रहेर नगरपालिकाले राजस्व संकलन गरेको आठविसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

नगरपालिकाले सबैभन्दा बढी मालपोत र सम्पत्ति करबाट राजस्व संकलन गरेको छ ।

जसअन्र्तगत मालपोत करबाट ३० लाख र सम्पत्ति करबाट १० लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै सिफारिस, प्रमाणित, सेवाशुल्क दस्तुर, व्यवसाय कर, निर्यात तथा विभिन्न नाका लगायतबाट समेत नगरपालिकाले राजस्व संकलन गरेको छ ।

रुकुम पश्चिमका ६ स्थानीय तहमध्ये आठविसकोट नगरपालिकाले सबैभन्दा बढी राजस्व संकलन गरेको हो ।