
एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् ।
यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले जनाएको छ । अमेरिकाले दक्षिण कोरियामा आणविक सशस्त्र पन्डुब्बीहरु तैनाथ गर्न र उत्तरबाट आणविक खतराविरुद्ध लड्ने योजनामा दक्षिण कोरियालाई समावेश गरे लगत्तै उत्तर कोरिया थप सशंकीत भएको हो ।
सम्झौतासँगै दक्षिण कोरियाले आफ्ना पूराना परमाणु हतियार विकास गर्ने योजना भने अघि नबढाउने जनाएको छ । यसै साता दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले अमेरिकी अमेरिकी समकक्षी जो वाइडेनसँग अमेरिकामा भएको वार्ताका क्रममा सो सम्झौतासम्बन्धी घोषणा भएको थियो ।
पछिल्लो समय अमेरिका दक्षिण कोरियासँग नजिकिएसँगै उत्तर कोररिया थप सशंकीत भएको छ । उसले आफ्नो मुलुकलाई असुरक्षा बढेको भन्दै आणविक हतियारको भण्डारण क्षमता बढाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्