काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार अपराह्न पौने ४ बजे हुने खेलमा नेपालले आज पाकिस्तानको सामना गर्दै छ ।
प्रतियोगितामा दक्षिण एसियाली देशका सात टिम सहभागी छन् ।
नेपाली टोली उपाधि जित्ने लक्ष्यमा रहेको छ । नेपाल फिफा वरियतामा १ सय ६१ औं स्थानमा छ भने पाकिस्तान २ सय १ औं स्थानमा छ ।
नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरु उपाधि चुम्ने लक्ष्यका साथ प्रतियोगितामा सहभागी भएको बताएका छन् ।
उनले पहिलो लक्ष्य चाहिँ नकआउट चरणमा प्रवेश गर्नु नै रहेको बताए ।
नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा बंगलदेश, भुटान र पाकिस्तान छन् ।
बिहीबार नेपालले भुटानको सामना गर्ने छ भने शनिबार आयोजक बंगलादेशको सामना गर्ने छ ।
समूह बी मा भने भारत, श्रीलंका र माल्दिभ्स छन् ।
नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा तेस्रो स्थान मात्र हासिल गर्न सफल भएको छ ।
साफ च्याम्पियनसिपमा नेपालले खेलका २८ खेलमध्ये ८ खेलमा मात्र जित हात पारेको छ ।
त्यसैगरी ४ खेल बराबरीमा सकाएको नेपालले १६ खेलमा हार बेहोरेको छ । नेपालले कूल ३३ गोल गर्दा ४५ गोल खाएको छ ।








प्रतिक्रिया दिनुहोस्