Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ


117
Shares

बैतडी । बैतडीमा बालिका बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका ७० वर्षीय वृद्ध रहेका हुन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकोले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभयो ।

बालिका सेभ हाउसमा रहेकी पनि उहाँले बताउनुभएकाे छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयाे । गत पुसमा नै बालिकामाथि बलात्कार भएको भएपनि आरोपित वृद्धले घटनाकाे बारेमा कसैलाई भनेपछि ज्यान मार्ने धम्की दिंदै आएकाले ढिला गरी घटना बाहिरिएको हो।

पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ। वृद्धमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएर १० दिनको म्याद थप गरे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।