Logo ३० आश्विन २०८२, बिहिबार | Fri Oct 17 2025


आमा बनेपछि आलियामा मानसकि चिन्ता, लगातार थेरापी गराउँदै


17k
Shares

एजेन्सी । भारतीय अभिनेत्री आलिया भट्टले आमा बनेपछि आफूमा मानसिक चिन्ता बढेको बताएकी छन् ।

आलियाले आफू व्यक्तिगत र व्यावसायिक जीवनमा निकै व्यस्त भएकाे कारणले मानसिक चिन्ता धेरै बढ्न थालेकाे खुलासा गरेकी हुन्।

आमा बनेपिछ कामकाे व्यस्तताका कारण छोरी राहा कपूरको हेरचाहमा कुनै किसीमकाे कमी आउँने हाे कि भन्ने कुरामा सधैं मानसिक चिन्ता हुने गरेको र आफू कलाकार भएका कारणाले हरेक कुरामा आउने नकरात्मक प्रतिक्रियाले मानसिक चिन्ता बढाउने गरेकाे उनले बताएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरुलाई दिएको एक अन्तर्वार्तामा आलियाले भनिन्, ‘म आफ्नो बच्चाको सही हेरचाह गरिरहेकी छु कि छैन भन्ने कुरा सोच्दा मलाई चिन्ता लाग्छ । किनकि महिलाहरुलाई घरभित्र र घरबाहिर दुबै काम राम्रोसँग गर्नको लागि दबाब दिइएको हुन्छ । महिलाले एकपटक सन्तान जन्माएपछि आफ्नो करियर त्याग गर्नुपर्छ नत्र उनलाई आदर्श आमा मानिँदैन भन्ने चलन परापूर्वकालदेखि चलिआएको छ ।’

आलियाले थप्दै भनिन्, ‘नयाँ आमाले आफ्ना कुरा बुझ्न समय निकाल्न अत्यावश्यक छ । के गर्ने, यसको निर्णय उनीहरुले आफैँ लिउन् । नयाँ आमालाई समय दिनु पर्छ है भन्ने कुरा फिल्मी उद्योग र अन्य मानिसले बुझ्नुपर्छ ।’

व्यक्तिगत र व्यावसायिक जीवनमा आउने समस्या समाधानका लागि आलिया अहिले कडा मेहनत गरिरहेकी छिन् । मनमा आउने नराम्रा भ्रम हटाउनका लागि हरेक हप्ता उपचारका लागि थेरापी गराउन मनोचिकित्सककाेमा जाने गरेको उनले बताइन् ।

उनले यस थेरापीबाट हरेक दिन नयाँ कुरा सिक्ने गरेको र आफ्नाे मनाेबल बढाउन सकेसम्म खुसी रहने बताएकी छिन् ।