३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


अब विकास निर्माणका कामलाई प्राथामिकता राखौँ : सासंद घिमिरे


78
Shares

अर्घाखाँची । नेकपा एमाले लुम्बिनी प्रदेश सासंद रामजी प्रसाद घिमिरेले अर्घाखाँचीमा आवश्यकता भन्दा बढी सडक विस्तारले अन्य विकासमा ध्यान नगएकाे बताउनु भयाे ।

सन्धिखर्कमा आयोजित रिपोर्ट क्लब नेपाल लुम्बिनी प्रदेशको बिकास,समृद्धि सुशासनका लागी हाम्रो अभियान, भन्ने कार्यक्रममा बोल्दै सासंद घिमिरेले यस्तो बताउनुभएको हो ।

जिल्लामा २५ सय भन्दा बढी सडकका योजना छन् । अब एक घर वा दुइ घर भएको बस्तीमा सडक सञ्जालको काम रोकेर अन्य काम गर्नु पर्नेमा जाेड दिनुभयाे

यस्तै जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले नाम मात्रको आफ्नो कार्यालय भएको बताउनु भयाे। कार्यालय सञ्चालन गर्नदेखि अन्य केहि विकासका काममा थाेरै मात्र बजेट हुने गरेको बताउनुभयो ।

राज्यले सञ्चालनमा राखेका कार्यलाई व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि जिम्मेवार हुने समय भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी मिना अर्यालले प्रशासनबाट हुने गतिविधिमा अहिले टोकन सिस्टम लागू भएपछि नागरिकलाई सेवा प्रवाहमा सहज भएको बताउनुभयो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहको साधन श्रोतलाई सही तरिकाले प्रयोग गर्नको लागि राज्यले छुट्टै नीति नियम लागू गरेमा काम गर्न सहज हुने उहाँले बताउनु भयाे ।