Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


पुरातात्विक महत्व जोगाएर सिंहदरबार पश्चिम भागको पुनःनिर्माण गर्छौं : ज्ञवाली


0
Shares

काठमाडौं, भदौ १८ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनःनिर्माण गरिने बताएका छन् ।

सोमबार सिंहदरबारको पश्चिम भागको निरीक्षण गर्नेक्रममा उनले पुरातात्विक महत्वका सम्पदाहरु जोगाएर पुनःनिर्माण गर्ने कुरालाई प्राधिकरणले प्राथमिकता दिएर काम गर्ने बताए ।

भूकम्पबाट बढी क्षति पुगेको पश्चिमी भागलाई भत्काएर बनाउने कि प्रबलीकरण गर्ने भनेर स्पस्ट नभएकाले त्यसको अध्ययन गर्न इन्फ्रास्टक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सलट्यान्ट प्रालिलाई जिम्मा दिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्रतिवेदन प्राप्त हुनासाथ पुनःनिर्माणलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

दुई हप्ताभित्रमा अध्ययन प्रतिवेदन तयार भइसक्ने प्राधिकरणका सहसचिव राजुमान मानन्धरले बताए ।