Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


सुनको मूल्य ओरालो


0
Shares

काठमाडौं, भदौ १८ । पछिल्लो समय उकालो लाग्दै रहेको सुनको भाउमा सोमबार सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलाको ५७ हजार ३०० रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको भाउमा पनि यसदिन तोलामा ५ रुपैयाँले कमी आएर तोलाको ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९ डलर हाराहारीमा कारोबार भएको थियो ।