
काठमाडौं, भदौ १८ । सोमबार सेयरबजारमा दोहोरो अंकको सुधार आयो । नेप्से १२ सय माथि पुग्यो ।
कारोबार पनि औसत दिनका तुलनामा दोब्बरजसो बढ्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से झन्डै १६ अंकले उकालो लागेर १२ सय ६ पुग्यो । निरन्तर बढेर २० अंकले बढेर १२ सय १३ छोइसकेको नेप्से अन्तिम समयतिर केही शिथिल भएको हो ।
होटल र अन्य सामान्य अंकले रातो रहेबाहेक अरु सबै समूह हरियो रहे । निर्जीवन बिमा समूह सबैभन्दा उच्च ९६ अंकले उकालो लाग्यो । उत्पादनमूलक समूह ९३ अंकले बढ्यो । जीवनबिमा समूहमा पनि ७२ अंकको वृद्धि आयो । जलविद्युत्, वाणिज्य बैंक र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६९ कम्पनीका १८ लाख ९८ हजार कित्ता सेयर ५४ करोड ६० लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्