२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


सिन्धुलीमा बाँदर धपाउने यन्त्र वितरण


39
Shares

सिन्धुली । सिन्धुलीमा बाँदर आंतक बढेपछि स्थानीय तहहरुले बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका छन्।

सिन्धुलीका ९ वटै स्थानीय तहले ग्रामीण क्षेत्रमा कृषकलाई बारुदसहितको बाँदर धपाउने यन्त्र वितरण गर्न थालेका हुन् । कृषकले खेतबारीमा लगाएको बाली तथा फलफूल बाँदर तथा अन्य जंगली जनावरले नष्ट गर्दै आएका छन् ।

जसका कारण स्थानीय तहहरुले यन्त्र वितरण गरेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले बताउनुभयो । सुनकोशी र गोलन्जोर लगायतका अधिकांश गाउँपालिकामा महाभारत तथा चुरे क्षेत्रका बाँदरले सताउने गरेका छन् ।