Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


१६ औं दिनमा उठ्यो सिंहदरबारको फोहोर


650
Shares

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउन थालेको छ ।

फोहोर संकलन रोकिएको १६ औं दिनबाट ती स्थानको फोहोर उठाउन थालिएको हो ।

सिंहदरबार, बालुवाटार तथा राष्ट्रपतिनिवासको फोहोर उठाउँदै आएको परिवर्तन नेपालका प्रमुख व्यवस्थापक तथा फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेका अनुसार काठमाडौं महानगरका मेयर बालेन्द्र साहले टेलिफोन गरेर फोहोर उठाउन निर्देशन दिएका थिए ।

‘मेयर साबको निर्देशन आउनेबित्तिकै सिंहदरबार, बालुवाटार तथा राष्ट्रपति निवासको फोहोर उठाउन थालेका छौं,’ घिमिरेले भने, ‘सोमबार साँझसम्म सिंहदरबारको फोहोर पुरै उठ्यो। बालुवाटार तथा राष्ट्रपतिनिवासको सबै फोहोर भने मंगलबार बिहान १० बजेसम्म उठ्छ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।