Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


‘सनक’ गीतको विवादपछि बादशाहले मागे माफी


1.4k
Shares

एजेन्सी । भारतीय चर्चित गायक तथा र्‍यापर आदित्य प्रतीक सिंह सिसोदिया (बादशाह) को भर्खरै सार्वजनिक भएको एल्बम ‘सनक’ को एउटा गीत विवादमा परेपछि माफी मागेका छन् ।

आइतबार राति सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै बादशाहले ‘सनक’ गीतको शब्द परिवर्तन गरिएको र छिट्टै गीतको पुरानो संस्करण सबै प्लेटफर्मबाट हटाइने बताएका हुन् ।

इन्दौरको एक संगठनले सनक गीतमा भगवान शिवको नामलाई अश्लील शब्द प्रयोग गरेकोमा बादशाह विरुद्ध मुद्दा दर्ता गरेको थियो। यसै क्रममा उज्जैनको महाकालेश्वर मन्दिरका पुजारीले बादशाहलाई गाली गर्दै गीतबाट भगवान शिवको नाम हटाउन माग गरेका थिए ।

विवाद चर्किरहेको देखेर बादशाहले सामाजिक सञ्जालमा सबैसँग माफी माग्दै लामो पोष्ट सार्वजनिक गर्दै गीतको नयाँ संस्करण नआएसम्म धैर्य गर्न आग्रह गरेका छन् । उनले कसैको भावनामा चोट पुर्‍याउने आफ्नो नियत नरहेको बताएका छन् ।

बादशाहले लेखेका छन्, ‘मेरो भर्खरै रिलिज भएको ‘सनक’ गीतबाट केही व्यक्तिको भावनामा चोट पुगेको मेरो जानकारीमा आएको छ । अकस्मात वा जानाजानी म कसैको भावनामा चोट पुर्‍याउन चाहन्न। म मेरो कलात्मक रचना तपाईहरु सबैको सामु धेरै जोशका साथ राख्दै आएको छु। हालैको यस घटना पछि, मैले कडा कदम चाल्दै मेरो गीतको केहि अंशहरू परिवर्तन गरेको छु र पुरानो गीतलाई नयाँ गीतले सबै डिजिटल प्लेटफर्महरूमा राखेको छु ताकि यो गीतले अब, अरू कसैलाई चोट नपरोस्।’

करिब १ महिनाअघि बादशाहले यो गीत रिलीज गरेका थिए । अहिलेसम्म यो गीत युट्युबमा २२ करोडभन्दा बढी हेरिएको छ । विवादका बीचमा बादशाहको यो गीतको नयाँ संस्करण हेर्न पाउनु अर्को रोचक कुरा हुनेछ ।