२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन


0
Shares

काठमाडौं, असार ४ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको ६३ वर्षको उमेरमा सोमबार अपराह्न निधन भएको छ ।

पित्तथैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा अपराह्न ५ः३५ बजे निधन भएको अस्पतालले विज्ञप्तिमार्फत् जनाएको छ ।

गत वर्षदेखि पित्तथैलीको क्यान्सरबाट पीडित देवकोटाको बेलायतमा उपचार सम्भव नभएपछि गत वैशाख १५ गते न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

नेपालमै देहत्याग गर्ने इच्छाअनुसार उनलाई नेपाल ल्याइएको थियो भने गत साता उनलाई पुर्ख्योली घर गोरखा पनि लगिएको थियो ।

देवकोटाको अन्तिम संस्कार मंगलबार दिउँसो गरिने भएको छ । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि मंगलबार बिहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा राखिनेछ ।

त्यसपछि पशुपति आर्यघाटमा विद्युतीय माध्यमबाट दाहसंस्कार गरिने जनाइएको छ ।