Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


ओमानविरुद्ध खाता नखोल्दै नेपालले गुमायो दुवै अ‍ोपनर


1.2k
Shares

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा ओमानविरुद्ध खाता नखोल्दै दुवै ओपनर गुमाएको छ ।

टियु मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालले ४ ओभरमा दुवै ओपनर गुमाएको हो ।

नेपालका कुशल भुर्तेल एलबीडब्ल्यू आउट भएका थिए भने अर्का ओपनर आशिफ शेख पनि बोल्ड आउट भएका थिए ।

४ ओभरको खेल सकिँदासम्म नेपालको कुनै खाता खोल्न सकेको छैन् ।