२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु


1.248k
Shares

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान मालबाहक १० चक्के ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका–११, भरतपुर निवासी २९ वर्षीय श्रवण कुमार महतो र पछाडि बस्ने उनका भतिजा १२ वर्षीय विक्रम कुमार महतो रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

आज(बिहिबार) बिहान सवा सात बजेतिर पश्चिमबाट पूर्वतर्फ गईरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाईकललाई प्र. २–०३–००१ख ८१५ नम्बरको ट्रकले लालबन्दी नगरपालिका स्थित महेन्द्र राजमार्गको कालिञ्जोर खोलाको पूलदेखि केही पश्चिम ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकल चालक श्रवण एवं पछाडि सवार विक्रमको घटनास्थलमै मृत्यु भएको हो । मृतकद्वयको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रनाउ कार्कीका अनुसार नियन्त्रणमा रहेका ट्रक चालकले मोटरसाईकलले ओभरटेक गर्ने क्रममा आफैँ चक्कामा परेको बताए पनि विस्तृतमा अनुसन्धान भइरहेको छ ।