Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नेपाल एयरलाइन्सले तिर्‍यो सावाँ–ब्याज गरी २ अर्ब ९४ करोड रूपैयाँ


9.8k
Shares

काठमाडौं । नेपाल एयरलाइन्सले एक वर्षको अवधिमा करिब ३ अर्ब रुपैयाँ सावाँ ब्याज गरी भुक्तानी गरेको छ । निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताउनु भयाे ।

असारमा १ अर्ब ३५ कारेड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको प्रवक्ता पाैडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता पाैडेलले भन्नुभयाे, ‘निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज किन्न लिएको ऋण भुक्तानी गरिरहेको छ । निगमसँग चार वटा जहाज छन् । कोभिडको समयमा झण्डै टाट पल्टने अवस्थामा पुगेको निगमले अहिले भने उडान र ग्राउण्ड ह्याण्डिलिङबाट राम्रो आम्दानी गरिरहेको छ।’