Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


संवैधानिक निकायलाई ‘रिटायर्डहरुको क्लब जस्तो’ बनाउन हुँदैन : सांसद सापकोटा


91
Shares

काठमाडौं । प्रतिनिधि सभाका सांसद माधव सापकोटाले संवैधानिक निकायहरुलाई ‘रिटायर्डहरुको क्लब जस्तो’ बनाउन नहुने टिप्पणी गर्नुभएको छ ।

सांसद सापकोटाले अख्तियार प्रयोग गरेका वा लाभका पदमा बसेकाहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा लैजाने काम गर्नै नहुने प्रस्ताव समेत गर्नुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले त्यस्ता व्यक्तिहरु अख्तियार दूरपयोग अनुसन्धान आयोगमा पुगेकै कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणमा कमी आउन नसकेको तर्क समेत गर्नुभयो ।

लाभको पदमा नपुगेका, कुनै पनि खालको अख्तियार नपाए विज्ञहरुलाई अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पठाएमात्रै मुलुकमा विद्यमान भ्रष्टाचारसम्बन्धि समस्या समाधान हुने सांसद सापकोटाको भनाई थियो ।

सांसद सापकोटाले ठूला नेताहरुलाई धारे हात लगाउने भन्दा पनि अख्तियार दूरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त व्यक्तिलाई पठाउने कुरामा ध्यान दिनुपर्ने पनि उल्लेख गर्नुभयो ।

Skip This