
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलेका र न्यून बिजकीकरण गरेर ल्याएका लाखौ रुपैंयांका कपडा बरामद गरेको छ ।
वीरगञ्जबाट काठमाण्डौं लैजादैं गरेको ना ३ ख ४३५९ नम्वरको ट्रकलाई चितवन प्रहरीले भरतपुरको गोन्द्रागबाट समानसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव आचार्यले ट्रकमा लोड गरिएको कपडा काठमाण्डौंका विभिन्न पसलहरुको नाममा ल्याइएको जानकारी दिएका छन् ।
ट्रकमा लाखौं मुल्यका कपडा ल्याइएपनि भन्सारमा ब्यापारीहरुले सेटिङ मिलाएर न्यून बिजकीकरण गराएको देखिएको डिएसपी आचार्यले जानकारी दिए ।
चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले चाडपर्वका बेलामा भन्सार छलेर वा न्यून बिजकीकरण गरेर सरकार र जनता दुवैलाई ठग्ने यस्ता प्रवृत्ति र कामप्रति प्रहरी कठोर रुपमा प्रस्तुत हुने बताए ।
प्रतिक्रिया दिनुहोस्