काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार तीन खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र मछिन्द्र दुवै चौथो जितको खोजीमा हुनेछन् ।
एपीएफ ९ अंकका साथ ११ औं स्थानमा रहँदा मछिन्द्र १३ अंक जोडेर आठौं स्थानमा छ ।
रंगशालामै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लब भिड्नेछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स तेस्रो तथा संकटा पाँचौं जितको खोजीमा हुनेछन् ।
फ्रेन्ड्स ८ अंकका साथ १३ औं स्थानमा रहँदा संकटा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
यस्तै, ललितपुरको च्यासल मैदानमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।
पुलिस दोस्रो तथा जावलाखेल छैटौं जितको खोजीमा हुनेछन् ।
पुलिसले ५ अंकका साथ पुछारमा रहँदा जावलाखेल १७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्