काठमाडौं । गायक महेश काफ्लेको ‘नाच फिरिरी’ ले युट्युबमा कीर्तिमान कायम गरेको छ ।
‘नाच फिरिरी’ युट्युबमा अपलोड भएको ३७ दिनमै एक करोडपटक हेरिने गीतको पहिलो नम्बर सूचीमा परेको छ ।
सबैभन्दा छोटो समयमा ‘नाच फिरिरी’ एक करोड पटक हेरिने गीतको सूचीमा परेको हो ।
अहिले सम्मको नेपाली गीतहरूमा सर्वा्धिक हेरिएको गीत ‘कुटुमा कुटु’ ले ४९ औं दिनमा करोड क्लबको खाता खोलेको थियो ।
त्यस्तै यसअघि भाइरल भएको हेमन्त रानाको गीत ‘सुन साइँली’ले दुई महिनामा एक करोड भ्युज पाएको थियो ।
‘नाच फिरिरी’ मा नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतका साथमा प्रकाश घिमिरे र क्रिस्टल क्लाउज डान्स क्रिउ अभिनय रहेको छ ।
गीतमा गायनका साथै संगीत तथा गीतकार महेश काफ्ले हुन् ।
काफ्ले ‘सानीमा मार्देऊ बरु बगाइदेऊ पानीमा’, ‘जुवा तासैले’, ‘सडक बालक’ जस्ता सामाजिक सन्देशमूलक गीत गाएर लोकप्रिय भइसकेका बालगायक हुन् ।
प्रतिक्रिया दिनुहोस्