७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


समयमै काम नगर्ने ठेकेदार सांसद भएपनि कारवाहीमा पर्छनः मन्त्री महासेठ


0
Shares

विराटनगर । भौतिक पूर्वाधार तथा यातायाततमन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद भएपनि सरकारले नछाडने दाबी गरे ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उनले पप्पु कन्सट्रक्सनको कामको बारेमा संसदमा समेत कुरा उठेकाले सरकारको ध्यान त्यसतर्फ लागिसकेको बताए ।

मन्त्री महासेठले पप्पु कन्ट्रक्सन कम्पनीमा सांसद हरिनारायण चौधरीले आफनो संलग्ता नरहेको बताएपनि कानुनबमोजिम त्रुटि देखिए उम्किन नपाउने बताए ।

ठेक्कापट्टाको काम गर्दै राजनीतिमा प्रवेश गरेका चौधरी पर्सा जिल्लामा संघीय समाजवादी फोरमका तर्फबाट निर्वाचित संसाद हुन ।

मन्त्री महासेठले समयमै काम नगर्ने मुलुकभरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कारबाहीस्वरुप जरिवाना गरिएको जानकारी दिए ।