काठमाडौं । कृषि सामग्री कम्पनीले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।
कम्पनीका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पाँच लाख मेट्रिक टन मल खरिदका लागि प्रक्रिया अघि बढाएको भन्दै त्यसका लागि समयमै बजेट विनियोजन हुने बताउनुभएको हो ।
बजेट विनियोजन गर्न सरोकारवाला निकायले प्रतिबद्धता जनाइसकेको भन्दै उहाँले आगामी वर्ष मलको अभाव नहुने दाबी गर्नुभएको छ ।
बजेट विनियोजन भएलगत्तै खरिद प्रक्रिया बढाउने उहाँको भनाइ छ । मल ल्याएपछि देशभर रहेका पाँच हजार ती सय सहकारी संस्थामार्फत स्थानीय तहसम्म मल बिक्री गर्ने कार्यक्रम रहेको छ ।
कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आपूर्ति गर्ने गरेका छन् ।
नेपालमा हरेक वर्ष करीब पाँच लाख टन रासायनिक मल आवश्यक हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्