११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


२७ राष्ट्रका उद्यमी महिलाहरुको सम्मेलन काठमाडौंमा सुरु


0
Shares

काठमाडौं । महिला उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा शुरु भएको छ ।

साउथ एसिया ओमेन डेभलमेन्टको आयोजनामा सुरु भएको  सम्मेलनमा साउथ एसिया, युरोप र अरेबीयन गरी २७ राष्ट्रका उद्यमी महिलाहरुको सहभागिता रहेको छ ।

सम्मेलनको  उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले हरेक क्षेत्रमा महिलाको  सहभागिता बढ्दै गएको बताए ।

नेपालको हकमा राज्यको  उच्च तहमा समेत महिलाहरुले नेतृत्व गरिसकेको भन्दै महिला सशक्तिकरणका लागि भने साझा पहलको खाँचो रहेको बताए ।

उनले अहिले पनि महिलाहरु हिंसामा पर्ने गरेको भन्दै महिलालाई आर्थिक तथा समाजिक दृष्टिले नै समान व्यवहार हुने तहमा पुर्‍याउन जोड दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवलीले महिलालाई आर्थिक रुपमा पनि स्वतन्त्रता दिने अवस्था सृजना गर्दै उनीहरुलाई लगानीमा उत्साहित बनाउनुपर्छ भने ।

उनले महिलाको उपस्थिति हरेक क्षेत्रमा ३३ प्रतिशत सुनिश्चित गरिएको भन्दै महिला आफैं पनि यसलाई उपयोग गर्दै पचास प्रतिशतको हिस्सेदार बन्नुपर्छ भने । सम्मेलन तीन दिन सम्म चल्नेछ ।