Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


धम्मवती गुरुमांलाई अभिनन्दन


1.2k
Shares

काठमाडौं । नेपालमा थेरवाद बुद्ध शासनको अग्रणी सासनधज धम्माचरिय धम्मवती गुरुमांलाई सार्वजनिक अभिनन्दन गरिएको छ ।

धर्मकीर्ति विहारको आयोजनामा शुक्रबार काठमाडौंमा भएको विशेष सामूहिक धम्मपूजामा गुरुमालाईं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशेष अभिनन्दन गर्नुभएको थियो ।

अग्गमहागन्थवाचक पण्डित र भाषा थुवाःको उपाधि समेत पाउनु भएका धम्मवती गुरुमां ९० वर्ष उमेर पुगेको अवसरमा सामूहिक धम्मपूजा सहित सम्मान गरिएको हो ।

राणाकालको समयमा १४ वर्षको उमेरमा नेपालबाट, कलकता, आसाम, नागालैण्ड पैदल यात्रा गर्दे म्यानमारमा पुगेर बौद्ध धर्मबाट प्रवजित हुनु भएको थियो। उच्च बौद्ध शिक्षा हासिल गरेर नेपाल फर्कर उहाँले राणाकालको प्रतिबन्धित समयमा महिला शिक्षा र जनचेतना जगाउन ठूलो योगदान गर्नुभएको छ ।

हालसम्म पनि निरन्तर बौद्ध शिक्षा, ध्यान सामाजिक जागरणको लागि योगदान गर्दे आउनु भएको छ ।