Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


सिन्धुलीमा ठुलो परिमाणमा अवैध रुद्राक्ष वरामद


754
Shares

सिन्धुली । सिन्धुलीको वीपी राजमार्गबाट प्रहरीले ठुलो परिमाणमा अवैध रुद्राक्ष वरामद गरेको छ ।

प्रहरीले ७ सय किलोग्राम भन्दा बढी अवैध रुद्राक्षसहितकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोलन्जोर गाउ“पालिका –७ अधेरीपुल स्थित वीपी राजमार्गमा ईलाका प्रहरी कार्यालय खुर्कोटबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा संखुवासभाबाट काठमाडाैँतर्फ जाँदै ट्रकमा अवैध रुपमा ल्याएको रुद्राक्ष फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक किशोर ढुंगानाले जानकारी दिए ।

प्रदेश १–०२–००१ ख ९५६६ नं. को ट्रकमा १ हजार ७ सय ६६ किलोग्राम राजश्व नतिरेका रुद्राक्ष लोड गरी ल्याएकोमा ट्रकसहित नियन्त्रणमा लिई सब–डिभिजम वन कार्यालय खुर्कोटमा बुझाएको जनाइएको छ ।