
काठमाडौं । सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टले नेपालको पहिलो फ्रेन्च फाइन डाइनिङ रेन्टुरेन्ट (प्यापिलोन रोजे)को सुरुवात गरेको छ ।
बुधबार कार्यक्रमको उद्घाटन नेपालका लागि फ्रान्सेली राजदूत गिल्स बोरबाओले गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा प्रिन्सिपल समीर थापाका अनुसार प्यापिलोन रोजेको उद्घाटनले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका लागि महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताउनुभयो ।
अनुभवी शेफहरु र आतिथ्य पेशेवरहरुले फ्रान्सेली खानाको क्युुरेट गरिएको मेनुहरु बनाएको थियो । विद्यार्थीहरुले उत्कृष्ट सामाग्री र प्रविधिको प्रयोगरी फ्रान्सेली परिकारहरु अनुभव गर्ने अवसर सृजना गरेको अध्यक्ष थापा बताउनुभयो ।
विद्यार्थीका लागि विद्यालयमा हुँदा विश्वस्तरीय पकवान तयार गर्न र सेवा गर्ने यो अर्को अनुभव र सिक्ने अवसर हुने बताउनुभयो । लगनशीलता र विश्वस्तरीय भोजन र अनुभवको लागि एक अद्धितीय सेवा र वातावरण प्रदर्शन गर्ने प्रयासहरुलाई खानाका पारखीहरुद्वारा स्वागत हुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा विभिन्न राष्ट्रका राजदूतहरु, विदेशी नियोगका प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय कूटनीति संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उपस्थित प्रत्येक व्यक्तित्वहरुले खानाको नयाँ स्वादको कदर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्