Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक


4.3k
Shares

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ ।

निगमका प्रवक्ता रमेश पाैडेलले यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरिएकाे बताउनु भयाे ।

उहाँले ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोषाकको व्यवस्था गरिएको जानकारी दिनुभयाे ।

ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ ।

त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानसथलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशिल गराइएको निगमले जनाएको छ ।