Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


ढाकाकुमार श्रेष्ठलाई निष्कासित गर्दै विन्दबासिनीलाई सांसद बनाउने रास्वपाकाे निर्णय


7.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।

२ कराेड अडियाे काण्डमा उनकाे नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हाे ।

सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नाे नभएको जिकिर गरेको बताउनु भयाे ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको हो ।