Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


खाद्यान्न पाउँदा विपन्न परिवारमा खुसीयाली


754
Shares

सर्लाही । सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले आज विपन्न परिवारलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ । संस्थाले हरिपुरमा इस्लामिक रिलिफ नेपालको सहयोगमा खाद्यान्न सामग्री सहयोग प्रदान गरेको हो ।

हरिपुर नगरपालिकाको वडा नं. २, ५ र ६ का अतिविपन्न , दलित तथा अशक्त परिवारलाई खाद्यान्न वितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताउनुभयो ।

खाद्यान्न वितरण कार्यक्रममा हरिपुरका मेयर गोपाल पजियार, उपमेयर निलमदेवि राय, जिल्ला प्रशासन कार्यालय मलंगवाका निमित्त कार्यालय प्रमुख राजकुमार थापा, हरिपुर नगरका जनप्रतिनिधि तथा सहयोगी संस्था इस्लामिक रिलिफ नेपालका नेपाल प्रमुख तल्लाह जमाल, इस्लामिक रिलिफ नेपालको अनुगमन, मुल्यांकन, जवाफदेहिता तथा सिकाइ विभाग प्रमुख प्रज्ञा अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

यसरी खाद्यान्न पाउँदा आयस्रोत न्यून रहेका परिवार खुसी भएका छन् । हरिपुरमा ३८८ घर परिवारलाइ प्रति परिवार ५ हजार ६२५ रुपैयाँ बरावरको खाद्यान्न तीन दिनभित्र वितरण गरिसक्ने बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक गजेन्द्र साहले बताउनुभयो । खाद्यान्नमा चामल, दाल, तेल, चिनी, नुन, चना, मसला, चियापतीलगायत रहेका छन् ।