Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


बालेनलाई सरकारले किन गरायो सचेत ?


364
Shares

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई जिम्मेवार भएर काम गर्न सचेत गराएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न नगरप्रमुख शाहलाई सचेत गराउने निर्णय गरेको हो ।सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहको अभिव्यक्ति अव्यावहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराउने निर्णय भएको बताइन् ।

शीतल निवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहको अभिव्यक्ति अव्यावहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सचेत गराउने निर्णय गरिएको हो । सिंहदरबार, बालुवाटार, शीतल निवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुख शाहको घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको उनले बताइन् ।

उनले बैठकमा नीतिगत व्यवस्थानुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् । ‘सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने भन्ने विषयमा गम्भीर छलफल भएको छ,’ प्रवक्ता शर्माले भनिन्, ‘उहाँको अभिव्यक्ति राम्रो छैन भन्ने लगायत नीतिगत रूपमा भएको व्यवस्थालाई सबैले पालना गर्नुपर्छ भन्ने कुरामा छलफल भएको छ ।’

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।