३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


पार्टीलाई एकढिक्का बनाउनु मुख्य चुनौती : शशांक


0
Shares

चितवन, असार ४ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकढिक्का बनाउनु मुख्य चुनौती रहेको बताएका छन् ।

सोमबार चितवनको भरतपुरमा नेपाल दलित संघले आयोजना गरेको प्रदेशस्तरीय दलित प्रतिनिधिहरुका लागि दुईदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र ‘एकता’ कसरी गर्ने भन्ने ठूलो प्रश्नचिह्न खडा भएको बताए ।

उनले आफू जहिल्यै पनि पार्टी एकढिक्का हुनुपर्ने पक्षमा रहेको स्पस्ट पारे ।

महामन्त्री कोइरालाले पार्टी एकढिक्का भएमा कांग्रेसले नै देशलाई समृद्ध बनाउने दाबी गरे ।

नेपाली कांग्रेस जहिल्यै पनि परिवर्तनको पक्षमा रहेको भन्दै उनले कांग्रेसको नेतृत्वबिना देश समृद्ध बन्न नसक्ने जिकिर गरे ।

त्यसका लागि पार्टी कुनैपनि हालतमा एकढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ थियो ।

‘म ग्यारेन्टीका साथ भन्छु, कांग्रेसभित्रको तिक्तता मेटाउनसकेमा कांग्रेस देशको एक नम्बर पार्टी बन्छ’–महामन्त्री कोइरालाले भने ।