Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


चलचित्र ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक


91
Shares

काठमाडौं । चलचित्र ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ ।

उच्च अदालत पाटनले चलचित्रको प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा सोमबार भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएपछि निमार्ण टिमले मंगलबार चलचित्रको नयाँ प्रदर्शन मिति आगामी बैशाख १५ गतेलाई तोकेको छ ।

गत साता निर्मातामध्येका एक केशव पाण्डेले अर्का निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा रिट दायर गरेपछि अदालतले फिल्म रोक्न आदेश दिएको थियो ।

गत चैत २१ गते व्यवसायी केशव पाण्डेले आफ्नो ९० प्रतिशत स्वामित्व रहेको चलचित्र १० प्रतिशत स्वामित्व रहेका निर्माता सुभाष थापाले बिना अनुमति रिलिज गर्न लागेको भन्दै तत्काल प्रदर्शन रोक्न रिट हालेपछि गत चैत २४ मा प्रदर्शन तय भएको चलचित्र ‘प्रसाद–२’ प्रदर्शन रोकिएको थियो ।

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा रहेका छन् ।