Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


अपार्टमेन्टको जग खन्दा जमिनसँगै भासिएको राज्यको मापदण्ड

'जनताले एउटा टहरा बनाउँदासमेत खोज्ने महानगरपालिकाले १६ तले भवन के हेरेर बस्यो ?’

741
Shares

काठमाडौंं । ललितपुरको बखुन्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा सरकारले तोकेको भवन निर्माणसम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएको छ ।

महानगरपालिकाको वडा नं १ र २ पर्ने समिट हाईटमा १८ रोपनी क्षेत्रफलमा सो अपार्टमेन्ट बनाउन लागिएको हो । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खन्दा वरपरका घरहरू भासिएपछि मापदण्ड उल्लंघन गरिएको तथ्य बाहिर आएको थियो ।

अपार्टमेन्ट निर्माणको जग खन्दा वरपरका एउटा एउटा घर पूर्ण रूपमा ढलेका थिए भने चारवटा घर चर्किएका छन् । जसका कारण सम्बन्धित घर परिवारको उठीबास भएको छ ।

मापदण्ड बिना अपार्टमेन्ट निर्माण गरेको समिट अपार्टमेन्ट (तत्कालीन समिट होटल) लाई हदैसम्मको कानुनी कारबाही गर्न स्थानीयबासी, वडा, महानगरपालिका, संघीय सांसद् सबैतिरबाट आवाज उठेको छ। प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा समेत यो चर्चाको विषय बनेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।