 
	    कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ मा रहेको मालाखेती अस्पतालमा बच्चासहित सुत्केरी महिलाको मृत्यु भएको छ।
आइतबार गोदावरी नगरपालिका–२ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई सुत्केरीका लागि अस्पताल आएकाे केही समयपछि मृत्यु भएको छ।
अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानीयहरुले विरोध गरेका छन्। स्थानीयहरुले सोमबार बिहानदेखि अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन्।
स्थानीयहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन्। चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताइन्।
अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन्। उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्