१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


खस्कदाे शैक्षिक आन्दाेलनलाई उठाउन सक्ने नेतृत्व चयन गराैँ : महासचिव पदका उम्मेदवार रावल


78
Shares

काठमाडाैं । नेपाल शिक्षक संघका महासचिव पदका उम्मेदवार ज्ञानेन्द्र बहादुर रावलले शिक्षककाे पेशागत स्तर र मर्यादा उकास्न सबै मिलेर अघि बढ्नु पर्नेमा जाेड दिनु भएकाे छ ।

उहाँले एक सन्देश जारी गर्दै याे महाधिवेशमा नेपाल शिक्षक संघकाे विगत कार्यकालमा नेपाली शिक्षकहरुले ठाेस रुपमा के कति रुपमा उपलब्धि हासिल गर्न सके, त्यसकाे घनिभुत र व्यापक समिक्षा गर्न आग्रह गर्नु भयाे ।

उहाँले भन्नुभयाे, ‘गुणस्तरीय र सार्वजनिक शिक्षाकाे ग्यारेन्टी गर्दै शिक्षण पेसालाई सामाजिक र आर्थिक रुपमा गर्भिलाे तथा सम्मानित पेसा बनाउने नीति, कार्यक्रम र याेजना निर्माणमा महाधिवेशनलाई समार्पित गराैँ।’

साथै उहाँले खस्कदाे शैक्षिक आन्दाेलनलाई उठाउन पनि जाेड दिनुभयाे । उहाँले भन्नुभयाे, ‘सक्षम, विचार, दृष्टिकाेण, पहुँच, कार्यक्रम र याेजना भएकाे नेतृत्व चयनमा ध्यान केन्द्रित गराैँ।’

संघकाे ९ औँ संघीय महाधिवेशन भव्यताका साथ सफल पार्नसमेत उहाँले आग्रह गर्नु भयाे । यही चैत्र २८ गतेबाट संघकाे ९ औँ संघीय महाधिवेशन सुरु हुन लागेकाे छ ।