Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


बागमतीमा मन्त्रिपरिषद् विस्तार : आर्थिक मामिलामा बहादुरसिंह लामा, खानेपानीमा तीर्थ लामा


546
Shares

काठमाडौं । बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे ।

प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री जम्कट्टेलले बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तिर्थ लामालाई खानेपानी, उर्जा तथा सिँचाईमन्त्रीमा नियुक्त गर्नु भएकाे हाे ।

बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका गत निर्वाचनमा बहादुरसिंह लामा नुवाकोट क्षेत्र नं २ प्रदेश सभा ‘क’ बाट निर्वाचित हुनुभएकाे थियाे भने तीर्थ लामा काभ्रे क्षेत्र नं १ प्रदेश ‘ख’ बाट निर्वाचित हुनु भएकाे थियाे।

बागमती प्रदेश सरकारमा रा प्र पा पार्टीका मन्त्रीहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि गत चैत्र १० गते मुख्यमन्त्री शालिकराम जमकटेलले बागमती प्रदेश सभाबाट बिश्वासको मत लिनुभएको थियो ।

मुख्यमन्त्री जमकटेलले बिश्वासको मत लिने क्रममा ने क पा एमालेका मन्त्रीहरुले पनि राजीनामा गरेका थिए। आज थप भएका दुई मन्त्रीसहित हाल ६ जना मन्त्रिपरिषदका सदस्य छन् भने पाँच जना रिक्त रहेका छन्। आज नियुक्त भएका मन्त्रीहरुलाई बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराउनु भएकाे हाे ।