
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ ।
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले निलम्बन गरेको हो ।
पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी तत्कालकाे लागि निलम्बन गरेको हाे ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई तत्कालकाे लागि निलम्बन गरिएकाे पुष्टि गर्नुभयाे ।
समानुपातिक सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आर्थिक लेनदेन गरेको अडियो अहिले सामाजिक सञ्जाल तिर भाइरल भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्