काठमाडाैं । एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै स्थानीयले गरेको बिरोध रोकिएको छ ।
एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा तटबन्ध गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएपछि विरोध रोकिएको हो ।
अहिले नारायणी नदीको नारायणगढ तर्फको किनारमा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको बहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् ।
स्थानीयले संघर्ष समिति बनाएर आन्दोलनका कार्यक्रम गर्दै आएका थिए । आन्दोलन चर्किन थालेपछि नगरपालिकामा गैँडाकोट बचाऔँ संघर्ष समिति, नारायणी नदी व्यवस्थापन आयोजना र गैँडाकोट नगरपालिकाबिच तीन बुँदे सहमति भएको हो ।
गैँडाकोटतर्फको किनारमा तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउने गरी सहमति भएपछि स्थानीयले जारी आन्दोलनलाई स्थगित गरेका हुन् ।









प्रतिक्रिया दिनुहोस्