९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


ईसेवा पसलको सुरुवात, विभिन्न छुट योजना


0
Shares

काठमाडौं, भदौ १७ । एफवान सफ्ट इन्टरनेशनलले ईसेवा पसलको सुरुवात गरेको छ ।

‘भाटभटेनी अनलाइन डट कम’लाई ‘ईसेवा डट कम’मा रिब्राण्डिङ गरी पसल सेवा सुरु गरेको कम्पनीले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

ईसेवा पसलको उद्घाटनको अवसर पारेर कम्पनीले विभिन्न छुट योजना पनि ल्याएको छ । ईसेवा पसलमा सामान किन्दा ईसेवामार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशत, नविल बैंकको भिसा कार्डमार्फत अनलाइन भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यासब्याक पाइने कम्पनीले जनाएको छ ।