Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


सरकारका न्युनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


182
Shares

काठमाडौं । सरकारका न्युनतम् साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

कार्यदलले तयार पारेको मस्यौदामा छलफल गरी अन्तिम रुप दिन बैठक बसिरहेको हो । मस्यौदालाई शीर्ष नेताहरुले अनुमोदन गरेपछि बिहीबार साँझसम्म न्युनतम् साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको बुझिएको छ ।

मस्यौदामा नेपाली कांग्रेसको चुनावी एजेण्डाका अधिकांश कार्यक्रम समेटिएको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेता शरदसिंह भण्डारी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी छन् ।

बैैठकमा उपनिर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल भईरहेको बुझिएको छ ।