४ असार २०८२, बुधबार | Wed Jun 18 2025


चलचित्र ‘फाटेको जुत्ता खै ?’ मा देव कार्की निर्माताको रूपमा प्रवेश


130
Shares

काठमाडौं । अर्जुन कुमारको अर्जुन कुमार प्रोडक्शनले निर्माण गर्न लागेको चलचित्र ‘फाटेको जुत्ता खै ?’ मा देव कार्की निर्माताको रुपमा प्रवेश भएका छन् ।

एनआरएनए दुबईका अध्यक्ष ठाकुरप्रसाद ढुंगाना र एनआरएनएका केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीसँग मिलेर अर्जुनले उक्त चलचित्र निर्माण गर्न लागेको बताएका थिए । आगामी कार्तिक २४ गते रिलिज गर्ने गरी निर्माण घोषणा गरिएको यस चलचित्रको छायांकन आगामी वैशाखबाट सुरु गरिने जनाइएकाे छ ।

छायांकनमा नजादै यस चलचित्रमा अस्ट्रेलियाबाट नयाँ निर्माता देव भित्रिएका हुन् । अस्ट्रेलियामा रिलिज अधिकार पनि लिने गरी देव निर्माणमा सहकार्य गर्न आएको निर्माता अर्जुनले बताएका छन् । अर्जुनले अस्ट्रेलियामा अधिकांश नेपाली चलचित्र रिलिज गर्दै आएका छन्।

चलचित्रमा अभिनेता सौगात मल्ल र अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहने भएका छन् । यसअघि ‘फाटेको जुत्ता’ मा पनि सौगात नै प्रमुख भूमिकामा रहेका थिए । चलचित्रको निर्देशन निकेश खड्काले गर्ने जनाइएकाे छ ।

निकेशले अर्जुन कै चलचित्र ‘फाटेको जुत्ता’ निर्देशन गरेका थिए । त्यसैको निरन्तरतामा ‘फाटेको जुत्ता खै ?’ निर्माण हुन लागेको हो । आकाश बरालको कथामा निर्माण हुने यस चलचित्रमा संगीत प्रवेश मालिकको रहने भएकाे छ ।

आगामी वैशाखमा नवलपुरबाट चलचित्रको छायांकन सुरु हुने भएकाे छ ।