 
	    काठमाडौं । प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई २–० ले पराजित गरेकाे छ ।
आफ्नै मैदानमा आइतबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई विजयी गराउन जोए विलक र क्यालुम विल्सनले एक-एक गोल गरेका हुन् । जितसँगै न्युकासल युनाइटेड इंग्लीश प्रिमियर लिग फुटबलको अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
लिगमा २७ खेलबाट न्युकासल र म्यान्चेस्टर युनाइटेडको समान ५० अंक भएपनि गोल अन्तरको आधारमा न्युकासल तेस्रो स्थानमा रहेको छ । २८ खेलबाट ६४ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहँदा २९ खेलबाट ७२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेकाे छ ।
प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले साउथ ह्याम पटनलाई १–० ले पराजित गरेकाे हाे ।
जितसँगै वेष्ट ह्याम युनाइटेड रेलिगेशन क्षेत्रबाट माथि उठ्दा साउथ ह्याम पटनमाथि रेलिगेशनको खतरा झनै बढेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्