
डडेल्धुरा, भदौ १७ । प्रदेश नम्बर ७ को एकमात्र उपक्षेत्रीय अस्पताल डडेल्धुराका चिकित्सक आन्दोलनमा उत्रिएका कारण बिरामी मर्कामा परेका छन् ।
नयाँ मुलुकी संहितामा अपराध ईजलाससम्बन्धी कसूरमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै ६ जना डाक्टरसहित स्वास्थ्यकर्मीले अस्पतालको आकस्मिकबाहेक अरु सबै सेवा बन्द गराएका हुन् ।
उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएपछि उपक्षेत्रीय अस्पतालमा उपचारमा आएका सेवाग्राहीहरु निजीमा उपचार गर्न बाध्य भएका छन् ।
प्रतिक्रिया दिनुहोस्