२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


बझाङमा बसको ठक्करबाट बालकको मृत्यु,आफन्तद्वारा सडक अवरुद्ध


169
Shares

बझाङ । बसको ठक्करबाट मृत्यु भएकाे बालकका आफन्तले सडक अवरुद्ध गरेका छन् ।

बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने मा सहित जयपृथ्वी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

विहान बसपार्कबाट सबै सवारीका साधन सञ्चालन भए पनि दिउसोबाट फेरि सडक अबरुद्ध गरेका हुन् । शनिबार दिउसो बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा सुर्मा गाउँपालिका वडा नम्बर ३ का तीन वर्षीय बालकको मृत्यु भएको थियो ।

बसको ठक्करबाट सुर्मा गाउँपालिका – ३ का धनबहादुर बोहराको छोरा ३ बर्षीया सरगम बोहराको मृत्यु भएको थियाे । सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सु प प्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो ।

बालकको आमा गाडी अनलोड गरी रहेको समयमा बालक नजिकै खेली रहेको र घटना अकस्मात भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

बालकलाई ठक्कर दिने बस चालक बैतडीको पुरचौडी नगरपालिका ५, का गणेश बोहरा समेत स्थानीयको कुटपिटबाट शक्त घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चालकलाई थप उपचारका लागी धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । चालकको टाउको र शरिरमा चोटपटक छ । ३ वर्षीय बालकको मृत्यु पश्चात स्थानीयले बस समेत तोडफोड गरेका छन् ।

बसका साहु धनगढीबाट आइरहेका कारण अबको केही समयपछि पीडितसंग बसेर छलफल गरी सडक सञ्चालन गरिने डिएसपी भण्डारीले बताउनु भयो ।