बैतडी, भदौ १७ । स्याउको लागि प्रसिद्ध मानिएको बैतडीको सतबाँझमा पछिल्लो समय स्याउ उत्पादन हुन छाडेको छ ।
जलवायु परिवर्तनको कारण पछिल्लो दशवर्षदेखि स्याउ उत्पादन हुन छाडेको हो ।
पहिले सबैभन्दा बढी जातका स्याउ फल्ने गरे पनि पछिल्ला वर्षमा हिउँ नपरेपछि स्याउ फल्न छोडेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख लक्ष्मीदत्त पाण्डेयले बताए ।
चिस्यानको कमी भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर खेती शुरु गरेको छ । अन्य फलफूलभन्दा ओखरबाट किसानहरुलाई आम्दानीका लागि राम्रो हुने भएपछि ओखर उत्पादनलाई प्राथमिकतामा राखिएको हो । यद्यपि कम चिस्यानमा उत्पादन हुने स्याउको जातसमेत खोजी भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्