
काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमिति बैठकले चार निर्णय गरेको छ ।
एन्फाको असन्तुष्ट समूहको बहिष्कारको बाबजुत आज बसेको आकस्मिक कार्यसमितिको बैठकले प्रधानमन्त्री थ्री नेसन्स कप विजेता नेपाली टोलीलाई नगद पुरस्कारका लागि सरकारसँग माग गर्ने लगायतको चार निर्णय गरेको हो ।
बैठकमा उपाध्यक्षत्रय बिराजजंग शाह, दिर्घबहादुर केसी, दिपक खतिवडा र सदस्यहरु महेन्द्र क्षेत्री, रविन्द्र चन्द, रमेश ब्यन्जनकार, पेमा लामा, मनिष जोशी अनुपस्थित रहेका थिए ।
अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले नेपाली राष्ट्रिय फुटवल टोलीका हरेक खेलाडी र सदस्यहरुलाई व्यक्तिगत नगद पुरस्कार प्रदान गर्नका लागि राष्ट्रिय खेलकुद परिषदमार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।
बैठकले शहिद स्मारक ‘बी’ डिभिजन टिम तयारीको लागि प्रत्येक क्लबलाई १४ लाख ५० हजार दिन र बी डिभिजन लिग संचालनको बजेट ३ करोड ९३ लाख १ हजार ८ सय १३ पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्