१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


दनुवार जागरण समितिको नयाँ नेतृत्व चयन


1.534k
Shares

सर्लाही। सर्लाहीको बयलवासमा आयोजित दनुवार जागरण समितिको ५ औँ राष्ट्रिय अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

२६ सदस्यीय कार्य समितिमा अध्यक्ष मतदानबाट टुंग्याइयो भने अन्य पदाधिकारी र सदस्य सर्वसम्मत चयन भएका हुन् । अध्यक्षमा सहमती जुट्न नसकेपछि आज बिहान मतदान भयो ।

मतदानमा १२१ मत प्राप्त गरी मोरङका रामकुमार सिंह दनुवार विजयी हुनुभएको छ । अध्यक्षका अन्य उम्मेदवार विजयकुमार राय दनुवारले ९१, रामप्रसाद अधिकारी दनुवारले ४ र राजेन्द्रप्रसाद सिंहले २ मत मात्रै प्राप्त गर्नुभयो ।

यस्तै, समितिको पुरुष उपाध्यक्षमा सुरेन्द्रकुमार सिंह दनुवार र महिला उपाध्यक्षमा शान्तिकुमारी दनुवार, महासचिवमा चेतनारायण सिंह दनुवार, पुरुष सचिवमा शिवकुमार सिंह र महिला सचिवमा पुष्पा धामी दनुवार र कोषाध्यक्ष राजकुमार सिंह लगायत अन्य सदस्य सर्वसम्मत चयन हुनुभएको छ ।