
काठमाडाैं । तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि तनहुँको दमौलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति तनहूँको परिसरमा उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत तनहुँका न्यायधीश कोमलप्रसाद आचार्यलाई खटाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचनको प्रक्रिया सुरु भएको उहाँले जानकारी दिनुभयो ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि वैशाख १० गते यहाँ उपनिर्वाचन हुँदैछ । कांग्रेसले आफ्नो बलियो पकडको रुपमा लिएको क्षेत्र नं. १ मा केन्द्रीय सदस्य गोविन्द भटराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै नेकपा एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै कांगे्रस परित्याग गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट अर्थविद् डा. स्वर्णिम वाग्ले, नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ उम्मेदवार बन्ने टुंगो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्