
काठमाडाैं । भक्तपुर बालकोट स्थित माउण्ट भ्यू ईंग्लिश बोर्डिंग स्कुल र ई क्लास बीच डिजिटल माध्यमबाट घरमै बसेर पढ्ने कार्यक्रम लागू गर्न सम्झौता भएको छ |
उक्त बोर्डिंग स्कुल र स्कुले बालबालिकाहरुलाई अनलाइन मार्फत श्रव्य-दृश्य पाठ्यसामाग्री द्वारा पठन पाठन गराउँदै आएको मिदास ई क्लास बीच डिजिटल माध्यमबाट कक्षा नर्सरी देखि कक्षा १० सम्मका सबै बालबालिकाहरुका लागि घरमै बसेर पढ्न MiDas eCLASS – The Learning App शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हाे |
सम्झौतामा हस्ताक्षर गर्दै मिदास ई क्लासका प्रमुख बजार व्यवस्थापक अजय कुमार लामाका अनुसार मिदास ई क्लासले बालबालिकालाई नबिर्सने र व्यवहारिक हुने किसिमको शैक्षिक प्रविधिको ज्ञान दिने बताउनु भयाे ।
सरकारी तथा निजी विद्यालयले परम्परागत रूपमा दिने शिक्षा व्यवहारिक हुन नसकेको र शिक्षालाई व्यवहारिक बनाउन नै ई-क्लास शिक्षा प्रणालीको विकास गरिएको समेत मिदास ई क्लासका प्रमुख बजार व्यवस्थापक लामाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्