१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


प्रवक्ता ढकालले भने – वाग्ले रास्वपाको साधारण सदस्य बनेर चुनाव लड्नुहुन्छ


2.548k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले कांग्रेस परित्याग गरेका अर्थशास्त्री स्वर्णिम वाग्ले घण्टी चुनाव चिह्न लिएर उपनिर्वाचनमा उम्मेदवार बन्ने बताउनु भएकाे छ ।

बिहीबारमात्रै कांग्रेस छोडेकाे घोषणा गरेका वाग्ले रास्वपाको उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा तनहुँ- १ बाट चुनाव लड्न तयार भएको बताइएको छ ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता ढकालले कांग्रेस त्यागको घोषणा गर्नुपहिला वाग्लेसँग छलफल भएको जानकारी दिनुभयाे। ‘साधारण सदस्य बनेर चुनाव लड्नुहुन्छ । त्यसपछि पार्टीमा सहभागी हुनुहुन्छ,’ ढकालले भने ।

पार्टीमा वाग्लेलाई कुन पद दिने भन्ने विषयमा अहिले कुनै समझदारी नभएको पनि ढकालको भनाइ छ । अब वाग्लेले अनलाइन माध्यमबाट रास्वपाको सदस्यता लिने र तनहुँबाट उपनिर्वाचनमा उम्मेदवार बन्ने ढकालले जानकारी दिए ।

बिहीबार पार्टी परित्यागको घोषणा गरेका वाग्लेले नेतृत्वको कारण अलग्गिनुपरेको र भविष्यमा सक्रिय राजनीतिमा आउने जनाउ दिएका छन् ।